जातिय विभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पाेखरा | पुस २६, २०७९

जातिय विभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखराः   पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारी प्रहरी नियन्त्रणमा आएका छन् । 


पोखरा महानगरपालिका २४ का वडाध्यक्ष अधिकारीले वडा सदस्य मैयाँ नेपालीलाई अपमानपूर्ण व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेपछि प्रहरी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । 


‘वडाध्यक्ष विरुद्ध वडा सदस्यले जाहेरी दर्ता गर्नुभएको छ, जाहेरी अनुसार वडाध्यक्ष अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आफै उपस्थित भएका हुन् ।’ प्रहरी निरिक्षक खड्काले भने । 


वडाध्यक्ष अधिकारीले गत १८ गते लक्षित वर्गलाई वडाबाट छुट्याइएको बजेट छलफलमा अपशब्द बोलेका थिए । उनले सदस्य नेपालीलाई हैसियत सोध्दै ‘वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ भनेका थिए । 

 

त्यस्तै, अधिकारीले ‘तँ तलबभत्ता खान आएकी होस्, घरमै बसे खा’ जस्ता शब्द प्रयोग गर्दै सार्वजनिक बेइज्जती गरेको नेपालीको आरोप छ ।
 

वडाध्यक्षले होच्याएर अपमानपूर्ण व्यवहार गरेपछि नेपालीले पार्टीको वडा कमिटीमा जानकारी गराएकी थिइन् । त्यसपश्चात् पार्टीको भातृ संगठन मुक्ति समाजकोे निर्णयअनुसार प्रहरीमा वडाध्यक्ष अधिकारीविरुद्ध गत शुक्रबार प्रहरीमा जाहेरी दिएको थियो । 


जिल्ला प्रहरी कास्कीका अनुसार वडाध्यक्ष अधिकारीलाई म्याद थप गरी अनुसन्धान गर्ने तयारी रहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्